औचित्य पृष्टि भए मात्र संविधान शंसोधन हुन्छ : बाम गठबन्धन

काठमाडौं– संविधान जारी भएदेखि नै सीमा, भाषा, नागरिकता र समावेशीताको कुरा उठाउँदै संविधान शंसोधनका लागि दबाब दिदै आएका मधेशकेन्द्रीत दलहरू अहिलेपनि संविधान शंसोधनको अडानमा छन् । तत्कालीन ६ दल मिलेर बनेको हालको राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले अहिले पनि सरकारको नेतृत्व गरिहेको बाम गठबन्धलाइई संविधान शंसोधन माग राख्दै यसका पहल गरिरहेका छन् । हुन त यसअघिको कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले मधेश केन्द्रीत दलको मागलाई सम्बोधन गर्ने भन्दै तत्कालीन संसदमा संविधान शंसोधनको विधेयक समेत लगेको थियो । उक्त विधेयकमा हालको सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालले असहमति जनाउँदा संसदमा दुई तिहाइ बहुमत नपुगेर विफल भएको थियो ।

तर अहिले मधेशकेन्द्रीत दलको यहि मुद्दा सम्बोधन गर्ने ठाउँमा बाम गठबन्धन छ । बाम गठबन्धनको एउटा दल माओवादी केन्द्रले भन्ने देउवा नेतृत्वको सरकारमा मधेशकेन्द्रीत दलले उठाएका माग सम्बोधन पक्षमा संसदमा भोटिङ गरेको थियो । प्रदेश र प्रतिनिधिसभा चुनावमा चुनावी तालमेल गर्दै पार्टी एकताको प्रक्रियामा अघि बढेका बाम गठबन्धनमा आवद्ध दलले अहिले भने आवश्कता र औचित्यका आधारमा संविधान शंसोधन गर्न सकिने बताउँदै आएका छन् । पार्टी एकताको अन्तिम चरणमा रहेका बाम गठबन्धनमा आवद्ध दल एमाले र माओवादीको केन्द्रले संविधान शंसोधनका विषयमा समान धारणा देखिएको हो । संविधान शंसोधन गर्नुपर्ने विषयबस्तु स्पष्ट भएपछि मात्र संविधान शंसोधनको विषयमा निर्णय लिइने बाम गठबन्धनमा आबद्ध दलका नेताहरूको भनाइ छ ।

बाम गठबन्धनले संघीय समाजवादी फोरमलाई आवश्यकता अनुसार संविधान शंसोधन हुने मौखिक प्रतिबद्धता जनाई सरकारमा सहभागी हुन आग्रह गरेपनि फोरमले भने लिखित सम्झौता भएपछि मात्र सरकारमा सहभागी हुने बताइरहेको छ । मधेश केन्द्रीत दलहरूको अर्को घटक राष्ट्रिय जनता पार्टीले पनि सरकार भन्दा संविधान शंसोधनको आफ्नो मूल एजेण्डा भएको बताइरहेको छ ।

Published On:  478पटक हेरिएको

तपाईको प्रतिक्रिया