अरनिको बोडिङ स्कुलको कार्यक्रममा यसो भने काठमाडौंका मेयर शाक्यले

काठमाडौं– काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले महानगर भित्रको शैक्षिक व्यवस्थापन र सुधार आर्फै गर्ने उद्घोष गर्नुभएको छ । अरनिको आवासिय माध्यामिक विद्यालयको बार्षिक अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले स्थानीय तहको अधिकार प्रयोग गर्दै अब काठमाडौं महानगरभित्र सञ्चालित शैक्षिक संस्थाको गुणस्तर सुधार गर्दै शिक्षालाई उपयुक्त तरिकाले व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले गृहकार्य थालेको बताउनुभयो ।

मेयर शाक्यले भन्नुभयो ‘काठमाडौं महानगरपालिकाको अधिकार क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्थाको अनुगमन, नियमन र शिक्षाको गुणस्तर सुधारमा अब काठमाडौं महानगरपालिकाकै भूमिका हुन्छ’ ।

कार्यक्रमा मेयर शाक्यले स्थानीय तहले पाउने अधिकार कानूनी रूपले पूर्ण आइनसेका कारण काम गर्न केही अप्ठेरो भएपनि काठमाडौं महानगरपालिका आफ्नो जिम्मेवारीबाट नचुक्ने बताउनुभयो । त्यस्तै, कार्यक्रममा विद्यालयका प्रिन्सिपल सञ्जिव योनजनले विद्यालयले सधै गुणस्तरीय शिक्षामा जोड दिदै शिक्षाको विकासमा टेवा पुर्‍याएको उल्लेख गर्नुभयो ।

अरनिको आवासिय उच्च माविको अभिभावक दिवसमा शैक्षिक क्षेत्रका प्रबुद्ध ब्यक्तिसहित एक हजार भन्दा बढि विद्यार्थी र अभिभावको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया