कोरियामा ओभर टाइमको समय घट्यो, नेपाली कामदारलाई असर पर्ने

फागुन १७ । दक्षिण कोरियामा कामदारका लागि उपलब्ध गराउदै आइएको समयावधि भन्दा अत्तिरिक्त समय घटाइने भएको छ । नयाँ नियमअनुसार हप्तामा १२ घण्टा मात्रै कामदारले अतिरिक्त काम गर्न पाउने भएका छन् । हाल कामदारले हप्तामा २८ घण्टा अतिरिक्त काम गर्दै आएका छन् । नियम अनुसार सातामा कामदारको आधारभूत कार्यावधि ४० घण्टा र अतिरिक्त कार्यावधि १२ घण्टा गरी जम्मा ५२ घण्टा काम गर्न पाउने छन् ।

अहिले एक हप्ताको कार्यावधि आधाभूत ४० घण्टा र अतिरिक्त २८ घण्टा गरी ६८ घण्टा रहेको छ । श्रम तथा वातावरण मन्त्रालयले मंगलबार राष्ट्रिय सभाबाट परिवर्तित नियमको विधेय पारित गरेपछि यो नयाँ नियम बनेको हो ।

तपाईको प्रतिक्रिया