टिपिएस नविकरण गर्न अमेरिकी नेता सकरात्मक

काठमाडौं — टेम्पोरोरी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधाको नविकरणका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए), अमेरिकाको प्रतिनिधीमण्डलले रिपब्लिकन पार्टीका प्रभावशाली सिनेटर टेड क्रुजसँग भेटवार्ता गरेको छ । टेक्सास राज्यबाट सिनेटमा प्रतिनिधित्व गर्ने क्रुजसँग, एनआरएनए राष्ट्रिय समन्वय परिषद अमेरिकाले टीपीएस नवीकरणका लागि अनुरोध समेत गरेको छ ।

एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको नेतृत्वको टोलीले नेपालको वर्तमान अवस्थाबारे जानकारी गराउादै अमेरिकामा रहेका टिपीएसवाहक नेपालीहरूमा टीपिएस नविकरण नभएमा पर्नसक्ने आर्थिक, सामाजिक, मानसिक समस्याबारे सिनेटर क्रुजलाई अवगत गराएको थियो ।

तपाईको प्रतिक्रिया