नयाँ सरकार गठन भएर देशले फड्को मार्ने केही आशा पलाएपनि पछिल्लो समय नेप्से भने दिन प्रतिदिन घट्दै गएको छ । ४ सय विन्दुमा लामो समय अड्एिको बजार ओरालो लाग्ने क्रमले तीव्रता पाएको छ । यहि अवस्थामा रहन्छ कि भनेर बसेका लगानीकर्ता शेयरबजार निरन्तर घट्न थालेपछि निरास भएका छन् । बजार सूचक नेप्से १३ सय ४५ मा आइपुगेको छ । नौ कारेबार दिनमा नेप्सेले ८० अंक गुमाएको छ ।
लगानीकर्ताहरुसँग क्षमता कमजोर बन्दै गएपछि अहिले एक सय रुपैयाँ पाइने हकप्रद समेत बिक्री हुन सकिरहेको देखिदैन् । संस्थागत लगानीकर्ताहरुले समेत बजारबाट गुमाइरहेका छन् । यस्तै कारण बजारमा प्रभाव परिरहेको छ ।