नेमारको खुट्टाको सफल शल्यक्रिया

एजेन्सी– पेरिस सेन्ट जर्मेनका ब्राजिलियन स्ट्राइकर नेइमारको खुट्टाको सफल सर्जरी गरिएको छ । खुट््टाको शल्यक्रियासँगै नेमारले आगामी मंगलबार हुने रियल मड्रिडविरुद्धको खेल खेल्न नसक्ने भएका छन् ।

च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा ३–१ को जित निकालेको रियल मड्रिडले पीएसजीको होममा खेल्न बाँकी रहेको छ । पीएसजीका प्रशिक्षकले नेयमार मंगलबार खेल्न सक्ने झिनो सम्भावना रहेको भने बताएका छन् । तर, नेयमारका बाबुले उनी ६ देखि ८ हप्ता मैदानबाट बाहिर रहने बताएका छन् ।

तपाईको प्रतिक्रिया