मन्त्री लालबाबुले कानून नटेर्नेलाई ठाउँको ठाउँ कारवाही गरे

काठमाडौं– दुई हप्ता अघि मात्रै जनसंख्या तथा वतावरण मन्त्रीको कार्यभार सम्हालेका  लालबालु पण्डितले वातावरणीय प्रभाव मूल्यांकन नगरी सेवा विस्तार गर्ने संस्थालाई कारवाही गरेका छन् । मन्त्री पण्डितले वातावरणीय प्रभाव गर्नुपर्ने नियम विपरित होटल निर्माण र सेवा विस्तार गरेको भन्दै विभिन्न होटल र अस्पताललाई कारबाही गर्ने निर्णय गरेका हुन् । आइतबार मन्त्रालयमा बसेको बैठकले सोल्टी सिटी अपार्टमेन्ट रवीभवनले वातावरणीय प्रभाव मूल्यांकन नगरी होटल निर्माण गरेकोले एकलाख जरिवाना तिराउने निर्णय गरेको छ ।

त्यस्तै द्वारिका होटल गौशालाले इआईए नगरि क्षमता विस्तार गरेको भन्दै त्यसलाई पनि एक लाख जरिवाना तिराउने निर्णय गरेको छ । साथै यहि बैठकले सिद्धि होटल रविभवन, काठमाडौं गेष्टहाउस ठमेललगायतलाई पनि एक एकलाख जरिवाना तिराउने निर्णय गरेको छ । त्यस्तै, अस्पताल तर्फ काठमाडौं मोडेल अस्पताल वागबजार, काठमाडौं अस्पताल त्रिपुरेश्वर, नेपाल नेशनल हस्पिटल कलंकी, अन्तराष्ट्रिय मैत्री वाल अस्पताललाई समेत इआईए नगरेको भन्दै आवश्यक कारवाही गर्न स्वास्थ्य पत्राचार गरेको छ ।

तपाईको प्रतिक्रिया