यो कारणले मन्त्री छनोट गर्न सकेनन् एमाले माओवादीले

काठमाडौं– बाम गठबन्धनमा आबद्ध दल नेकपा एमाले र माओवादी केन्द्रलाई मन्त्री छनोट गर्न सकस परेको छ । बाम गठबन्धनका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिएको झण्डै दुई हप्ता पुगि सक्दा समेत दुई दलले सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुङ्गो लगाउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो । शुक्रबार मन्त्री छनोटका लागि बसेको एमालेको स्थायी समितिको बैठकले पनि मन्त्री छनोट गर्न सकेन ।

एमालेले पाएको १० मन्त्रालय मध्ये २ मन्त्रीले शपथ लिइसकेका छन् भने बाँकी ८ मन्त्री छनोट गर्नुपर्ने छ । त्यस्तै बाम गठबन्धनको अर्को दल माओवादी केन्द्रले पनि मन्त्रीको टुङ्गो लगाउन  सकेको छैन । माओवादी केन्द्र भित्र पनि मन्त्रिका आकांक्षी धेरै भएपछि मन्त्रिको टुङ्गो लाग्न सकेको छैन । माओवादीबाट सरकारमा जाने मन्त्रीको नेतृत्व कस्ले गर्ने भन्ने विषय पनि टुङ्गो लाग्न सकेको छैन । बाम गठबन्धनका दुवै दलले अबको दुई तीन भित्र मन्त्रीको टुङ्गो लगाई मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । विगतमा मन्त्रालयको संख्या ३१ रहेका कारण धेरैले मन्त्री बन्ने अवसर पाउने गरेका थिए । तर अब १७ वटा मात्र मन्त्रालय रहने भएपछि सरकारमा सहभागी हुने दललाई मन्त्री छनोट गर्न सकस परेको हो । एमाले र माओवादीले मन्त्रालय भागवण्डा गरेलगत्तै शुक्रबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरे पनि दुवै पार्टी भित्रको आन्तरिक विवादका कारण हुन सकेन । बाम गठबन्धनले सरकार मधेशवादी दहलरूलाई सरकारमा समट्ने कसरत गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया