राष्ट्रपति चुनावको मिति फागुन २९ गते

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २९ गतेलाई तोकेको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनको मिति फागुन २९ लाई तोकेको हो । आयोगले निर्वाचनको कार्यक्रम समेत तय गरेको छ ।

जसअनुसार २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । २१ गते मतदाता नामावली प्रकाशित हुनेछ । राष्ट्रिपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार राष्ट्रपति चयनका लागि फागुन २९ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

Published On:  489पटक हेरिएको

तपाईको प्रतिक्रिया