एमाले–माओवादी पार्टी एकता चैतसम्ममा हुने

काठमाडौं– पार्टी एकताका लागि प्रारम्भिक ७ बुँदे सम्झौता गरेका बाम गठबन्धनमा आबद्ध दल नेकपा एमाले र माओवादीवीच चैतसम्म पार्टी एकता हुने भएको छ ।  दुवै दलको कार्यदल विस्तृत अध्ययनसहित प्रतिवेदन बुझाएपछि मात्र पार्टी एकता हुने भएको हो ।

एकताको गृहकार्य गर्न गठित दुई कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । दुबै कार्यदलको संयुक्त बैठकलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले सम्बोधन गरेका थिए । दुबै नेताले कार्यदलमा शीर्ष नेताहरु नै रहेको भन्दै सबैलाई मान्य हुने प्रतिवेदन आउन विश्वास व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया