किन यसरी बोले पूर्व राजा ज्ञानेन्द्र ?

काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाहले निर्वाचन गर्नु मात्र प्रजातन्त्र नभएको दाबि गरेका छन् । पूर्व राजा शाहले निर्वाचन गर्नु मात्र प्रजातन्त्र नभएको भन्दै उनले २०६३ बैशाख ११ पछि भएको राजनीतिक परिवर्तनको समीक्षा गर्ने बेला आएको बताए । प्रजातन्त्र दिवस पूर्व सन्ध्यामा शुभकामना सन्देश दिंदै पूर्वराजा शाहले देशमा जनताका मुद्दाले ठाउँ नपाएको बताएका हुन् ।

पूर्वराजा शाहले देशको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकतालाई सबल तुल्याउँदै जाताको सर्वोपरी हितलाई केन्द्रमा राखेर व्यवहार गर्ने व्यवस्था मात्र प्रजातान्त्रिक हुन सक्ने जिकिर गरेका छन् । ११ वैशाख २०६३ मा भएको राजनीतिक परिर्वतन पछिको दशकमा देशको हितमा भएका कामकको समिक्षा गर्नुपर्ने शाअको आशय छ ।

तपाईको प्रतिक्रिया