प्रदेश नम्बर २ मा फोरमको सरकार बन्ने

काठमाडौं– संविधान जारी भएपछि लामो समयसम्म संविधान संसोधन माग गर्दै आन्दोलनमा रहेका मधेशवादी दल अन्नत: स्थानीय प्रदेश र प्रतिनिधिसभाको चुनावमा सहभागी भइ प्रदेश नम्बर २ मा प्रदेश र प्रतिनिधिसभामा राम्रो नजिता ल्याउन सफल भए । मधेश केन्द्रीत राजनीतिबाट राष्ट्रिय दल समेत बन्न सफल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गरेका थिए । मधेशवादी यि दुई दल मध्ये प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टी नेपाल र प्रदेशसभामा संघीय समाजवादी फोरम अगाडि छन् । प्रदेश र प्रतिनिधिसभाको चुनावमा तालमेल गरेका यि दुईले राष्ट्रिय सभाको चुनावमा भने नेपाली कांग्रेससँग चुनावी तालमेल गरेका छन् । प्रदेश नम्बर २ को प्रदेश स्थानीय तहको निर्वाचनमा तराईका आठ जिल्लामा स्थानीय तहको निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेससँग प्रदेश नम्बर २ को ८ राष्ट्रियसभा सदस्यका लागि मधेशवादी दलले तालमेल गरेका हुन् । राष्ट्रियसभा सदस्यका लागि भएको चुनावी तालमेलमा प्रदेश नम्बर २ बाट कांग्रेसले २, राष्ट्रिय जनता पार्टी नेपालले २, संघीय समाजवादी फोरमले २ र बाम गठबन्धनमा आवद्ध दलहरूले २ सिट प्राप्त गर्ने आंकलन छ । राष्ट्रियसभाको चुनावपछि हुने सरकार गठनको प्रक्रियामा सहभागि हुने नहुने भन्ने बारे भने मधेशवादी दल स्पष्ट भइसकेका छैनन् । एमाले नेतृत्व मधेश मुद्दाको विपक्षमा रहेको भन्दै मधेशवादी दलका नेताहरूले आफ्ना माग सम्बोधन हुने सुनिश्चित नभएसम्म कुनै पनि सरकारमा नजाने बताएका छन् । प्रदेश नम्बर २ मा चुनावी नतिजा अनुसार मधेशवादी दलकै प्रदेश सरकार बन्ने र प्रदेश सरकारको नेतृत्व संघीय समाजवादी पार्टीले गर्ने सहमति पहिले नै भइसकेको मधेशी नेता महिन्द्रराय यादवको भनाइ छ । प्रदेश र प्रतिनिधि सभाको चुनावमा चुनावी तालमेल गरेका दुई राष्ट्रिय पार्टी राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमवीच पार्टी एकता विषयमा कुरा भइरहेपनि टुङ्गो भने लागि नपसकेको राजपाका नेताहरूको दाबि छ ।

तपाईको प्रतिक्रिया