आखिर को हुन् कुलमानलाई गाली गर्ने ?

रूपन्देही– भैरहवाको विशेष आर्थिक क्षेत्र सेजमा उद्योगहरु सञ्चालन आउन नसक्नुको कारण त्यहाँका व्यापारीहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लगाएका छन् । तर विद्युत प्राधिकरणले भने सेजमा आवश्यक पूर्वाधार निर्माण भइनसकेका कारण विद्युत उपलब्ध गराउन नसकेको बताउँदै आएको छ । सेजले पनि बिजुली पुगेपछि वितरणका लागि तयार गर्नुपर्ने सब–स्टेशनका लागि टेण्डर नै गरेको छैन । यसका कारण तत्कालै बिजुली पुगेपनि वितरण गर्न कठीन हुने अवस्था देखएको छ ।

प्राधिकरणले पनि प्रसारणलाइन निर्माणका लागि वन क्षेत्रमा रुख कटानको विवाद सुल्झाउन सकेको छैन । प्राधिकरणले बिजुली नपुगेकै कारण उद्योग नचलेको भन्ने सेज र उद्योगीको आरोपको खण्डन गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनप्रतिनिधिमार्फत विवादहरु सुल्झाएर ३ महिनाभित्रै सेजमा बिजुली पुर्‍याउन लागिएको बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया