रूपन्देहीका बलु पौडेलको हत्यामा संलग्न पक्राउ परे

काठमाडौं–प्रहरीले रूपन्देहीको व्यवसायी वसन्त पौडेल बलुको हत्यामा संलग्न ३ जनालाई पक्राउ गरेको छ । गत २१ पुसमा फर्निचर व्यवसायी पौडेलको गोली हानी हत्या गरिएको थियो । घटनामा मनोज पुन समूहकै संलग्नता रहेको प्रहरीले पुष्टि गरेको छ ।

यसअघि घटना लगत्तै पुनले स्थानीय सञ्चारकर्मीहरुलाई फोन गरेर आफूले पौडेलको हत्या गरेको दाबी गरेका थिए । पौडेलको टाउकोमा गोली लागेको थियो । यसअघि गत वर्ष पौडेलका साथी ४० वर्षीय पौडेल दुर्गा तिवारीको पनि गोली हानी हत्या गरिएको थियो ।

तपाईको प्रतिक्रिया