साली नदी मेलामा निक्कमा व्यवस्थापन, ट्राफिक प्रहरीको लापरवाहीका कारण घाइते हुँदै फर्किए श्रद्धालु

काठमाडौं– धार्मिक र ऐतिहासिक महत्व बोकेको साली नदिमा यतिबेला स्वाथानी मेला र महोत्सव चलिरहेको छ । स्वास्थानी ब्रत कथा आरम्भ भएसँगै साली नदिमा पछिल्ला केही बर्षहरू देखि मेला र महोत्सव नै हुने गरेको छ ।

देशका विभिन्न जिल्ला लगायत भारतबाट समेत यो समयमा यहाँ दर्शनका लागि श्रद्धालु आउने गरेका छन् । तर साली नदिमा दर्शनका लागि जाने यात्रुहरूको आवत जावत सहज छैन । स्वस्थानी ब्रत कथाको अवधिभर यहाँ दैनिक हजरौ मान्छेहरू जाने गर्दछन् । यसरी दर्शनका लागि जाने यात्रुहरूले न सहजै जाने बस चढ्न पाउँछन् न फर्किने बेला नै । सिमित बस चढ्नको लागि सयौको भीड लाग्ने गर्दछ ।

बस चढ्नको लागि बसपार्कमा सयौंको संख्यामा यात्रु भरिने गर्दछन् तर एकादुई मात्र बस बसपार्कमा आउने गर्दा सयौं ब्यक्तिको एउटै बसमा चढ्न ठेलम ठेल हुने गर्दछ । शनिबार साली नदीमा जाने अधिकांश यात्रुले बस पाएनन् ।

सिमिति मात्रमा चलेका बस चढ्दा केही यात्रु घाइते समेत भएको देखियो । यात्रुको भीडले बसको ढोकाबाट चढ्ने स्थिति नभएपछि बाध्यताले यात्रु बसको झ्यालबाट चढ्न बाध्य भएका थिए । यसरी झ्यालबाट चढ्ने क्रममा केही यात्रु चढ्दा गाडीबाट खसेर घाइते समेत हुन पुगे ।

यात्रु माथि मनलाग्दी ज्याददी त चालक र सहचालकले गरेको देखिन्थ्यो । साली नदि मेलामा ट्राफिकको व्यवस्थापनका लागि खटिएका प्रहरी भने यात्रुहरू मर्कामा परेको आफ्नै आँखा अगाडि देख्दा समेत रमिता हेरेर बसेका देखिन्थे । ट्राफिक प्रहरीले सहजीकरण गरेको बस चालकको मनोमानी कम तर तर ट्राफिक प्रहरी आफ्ना अगाडि सर्वसाधारण घाइते भएर बसेका थिए ।

स्वाथानीको मेलामा मध्यनजर गर्दै यात्रु सुविधालाई मध्यनजर गनुपर्ने जिम्मेवारबाटी सबै चुकेको देखिन्छ । जसले गर्दा सर्वसाधारणले अनाहकमा दुख पाउनु परेको छ ।

तपाईको प्रतिक्रिया