राष्ट्रियसभा निर्वाचन सफल बनाउन आयोगको आग्रह

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनलाई सफल बनाउन सम्बन्धित सबै पक्षलाई आह्वान गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दाङ, डोटी लगायतका क्षेत्रमा राष्ट्रिय सभा निर्वाचन प्रभावित हुनेगरी विरोध प्रर्दशन भईरहेकाले त्यस्ता ठाउँमा तत्काल शान्ति, सुरक्षाको प्रत्याभूति गराउन पनि सरकारसाग आग्रह गर्नुभयो ।

आज काठमाडांैमा प्रदेशसभाका समानुपातिक सांसदहरुलाई प्रमाण पत्र प्रदान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश राजधानीको विषयलाई लिएर भईरहेको विरोध प्रर्दशनले राष्ट्रिय सभा निर्वाचन प्रभावित हुनसक्ने देखिएको भन्दै चिन्ता पनि व्यक्त गर्नु भयो । निर्वाचन आयोगले निर्वाचनलाई सहज, सरल र सफलतापूर्वक सम्पन्न गर्ने दायित्व पूरा गर्न सरकार र राजनीतिक दलहरुको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

उहाँले निर्वाचनको कार्यक्रम प्रभावित हुन नदिन सरकारले तत्काल शान्ति, सुरक्षाको उचित प्रबन्ध गर्नुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । आगामी माघ २४ गते बुधबार राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।

तपाईको प्रतिक्रिया