ठमेल र दरबार मार्ग आसपासमा डान्सबारका नाममा लुटै लुट, भाग्न खोज्नेलाई छैन छूट

काठमाडौं– ठमेल र दरबारमार्ग आसपासका केही डान्सबारले सर्वसाधारण लुट्ने गरेको तथ्य फेला परेको छ । रातिको समयमा ठेमल आसपास पुग्ने कतिपय व्यक्ति यस क्षेत्रमा सञ्चालनमा रहेका केही डान्सबार बाट लुटिने गरेका छन् । ठमेलको बाटो भएर हिड्ने, काठमाडौं बाहिरबाट आउने र विदेशबाट आउनेहरूलाई रेष्टुरेन्टमा केटी मिलाइने प्रलोभन देखाई केही डान्सबारहरूले लुटको धन्दा गरिरहेका छन् । अन्य डान्सबारमा जान आउनेलाई समेत आफ्नो डान्सबारमा सस्तोमा यौन कार्यका लागि केटी समेत पाइने भन्दै प्रलोभनमा पारेर लैजाने गरेको नाम नबताउने शर्तमा त्यहाँका एक जना स्थानीयले बताए ।

कुनै पनि व्यक्तिलाई केटीको प्रलोभनमा पारी रेष्टुरेन्टमा लैजाने र शुरूमा डान्स हेर्दै केही खादै गर्नुहोस् एकछिनमा केटीसँग पठाउछौ भन्दै रेष्टुरेन्टमा डान्सको लागि राखेका सबै केटीलाई टेबलमा पठाई आफूखूसी अर्डर गरी सँगै राखेर खाएपछि सबैले खाएको विलको पैसा तिर्नु भन्दै कयौं गुणा महँगो विल ति रेष्टुरेन्टले तिराउन लगाउने गरेको रहस्य खुलेको हो । यसरी ग्राहक खोज्नका लागि रेष्टुरेन्टहरूले विचौलिया वा ददाल प्रयोग गर्ने गरेका छन् । ग्राहक लगिदिए बापत दलालहरूले रेष्टुरेन्टबाट पैसा पाउने गरेका छन् ।

यि हुन् ग्राहक लुट्ने डान्सबार
ज्याक ड्यानिल्स डान्स बार, गो–गो रेष्टुरेन्ट एण्ड डान्सबार, म्यूजिक डान्स बार, पिङ प्यालेस रेष्टुरेन्ट एण्ड डान्स बार, जेडिएस डान्सबार, आमाको भान्छा घर रेष्टुरेन्ड एण्ड डान्सबार, फोकस रेष्टुरेन्ट एण्ड डान्स बार,  लाइभ रेष्टुरेन्ट एण्ड डान्सबार लगायतका डान्स बारहरूले रेष्टुरेन्टमा यौन कार्यका लागि केटी मिलाइने दिने भन्दै ठमेलमा आउने पर्यटक, व्यापारी र सर्वसाधारणलाई ठग्ने गरेको स्थानीयले बताएका छन् । यि डान्सबारहरूले यस धन्दामा दलालहरूसँग साँठगाँठ गरेका छन् ।

केटीको प्रलोभन देखाई यसरी कुनै व्यक्तिलाई ग्राहक बनाएर यि रेष्टुरेन्टमा लगेपछि दलालहरूले तत्कालै कमिशन पाउने गरेका छन् । केटी र यौन कार्यको प्रलोभनमा परेर कुनै व्यक्ति ग्राहक बनेर डान्सबारमा गएपनि उसले दलालले भने जस्तो केटी भने पाउँदैन । बरू आफू ठगिएको थाहा पाएर उम्किन खोज्दा उल्टो डान्सबारहरूले विभिन्न कुराको विल बनाई महँगो रकम माग्ने गरेका छन् । यसरी मागिएको रकम दिन नसके लगेको व्यक्तिको मोवाइल पर्स लगायतका महात्वपूर्ण सामाग्री समेत  राखिदो रहेछ ।

यदी कुनै सामान वा पैसा नभएको खण्डमा ग्राहरूलाई कुटपिट सम्म गर्ने तथ्य  खुलेको छ ।  पैसाको लोभमा हिजोआज ठमेल र दरबारमार्ग आसपासका क्षेत्रमा यस्ता दलालहरूको संख्या बढ्दै गएको छ । हुन त ठमेलमा यसअघि पनि यस किसिमका धन्दा हुने नगरेका होइनन् । गत बर्ष पनि ठमेलका अन्य व्यवसायीको पहलमा यसरी केटीको प्रलोभन देखाई डान्सबारको लागि ग्राहक खोज्ने दलाललाई सो क्षेत्रबाट हटाइएको थियो । तर पछिल्लो समय प्रहरीको सक्रियता कम भएसँगै फेरी केही डान्स बारहरूले दलालको प्रयोग गरी ग्राहक ठग्ने गरेका छन् ।

 

तपाईको प्रतिक्रिया