काठमाडौं–काठमाडौं उपत्यकामा भएका श्रृङखलाबद्ध लुटपाट तथा डकैती मुद्धामा जेल परेका रामेछापका टिका थापामगर बिहीबार राती गोलघरबाटै फरार भएका छन् । उनी कारागारबाट भागेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । प्रहरीकै मिलेमतोमा कैदी भागेको हुनसक्ने भन्दै बिहीबार राती ड्युटीमा रहेका प्रहरीलाई पनि नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको छ ।
२०७३ पुसमा कौशलटारस्थित बैंकबाट पैसा निकालेर गठ्ठाघरतर्फ जाँदै गरेकी मन्दिरा अधिकारीको ६ लाख नगद लुटेपछि महानगरीय अपराध महाशाखाले उनलाई नियन्त्रणमा लिएर मुद्धा चलाएको थियो ।