राजधानी नतोकेको भन्दै वीरगञ्ज बन्द

विरगन्ज– प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरलाई तोकेको विरोधमा  अनिश्चितकालीन वीरगञ्ज बन्द आहवान गरिएको छ । वीरगञ्जलाई प्रादेशिक राजधानीको घोषणा गर्न दवाव दिनका लागि गठित संघर्ष समितिले बन्द आयोजना गरेको हो । बन्दकर्ताहरुले बिहानैदेखि सडक अवरुद्ध पारेर सवारी आवागमन ठप्प पार्दा जनजीवन प्रभावित बन्न पुगेको छ ।

कलकारखाना, बजार र शैक्षिक संस्थामा पनि बन्दको असर देखिएको छ । यद्यपि, बन्दकर्ताहरुले एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारी साधनको सञ्चालनमा भने कुनै अवरोध भने पुर्‍याएका छैनन् । सरकारले बुधबार प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरलाई घोषणा गरेपछि जनकपुरलाई नभई वीरगञ्जलाई प्रदेशिक राजधानी घोषणा गर्नुपर्ने माग राखेर संघर्ष समितिले अनिश्चितकालीन बन्दको आह्वान गरेको थियो ।

Published On:  312पटक हेरिएको

तपाईको प्रतिक्रिया