नर्सहरूको आन्दोलनले स्वास्थ्य सेवा प्रभावित

काठमाडौं– पेशागत् सुरक्षा र अधिकार सम्वन्धी विभिन्न माग राखेर आन्दोलन गरिरहेका नर्सहरुको चरणबद्ध हड्तालका कारण समग्र स्वस्थ्य उपचार सेवा प्रभावित् भइरहेको छ । स्वास्थ्य मन्त्रालयको नयाा संरचना अनुसार अधिकार सहितको छुट्टै नर्सिङ महाशाखा, भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्ऽबाट निष्काशित नर्सको पुन:र्बहाली, भोलिन्टयरका नाममा भएको नर्सको श्रम शोषण अन्त्य लगाएतका ११ बुादे माग नेपाल नर्सिङ संघले राखेको छ । पुस २७ गतेदेखि देशव्यापी चरणबद्ध आन्दोलनमा रहेका नर्सहरुले आन्दोलन गरे पनि अहिलेसम्म विरामीको सेवा भने छाडेका छैनन् । चरणद्घ रुपमा आन्दोलन अन्तर्गत् माघ १ देखि ३ गतेसम्म दैनीक तीन घण्टा काम छाडेका उनिहरु माघ ४ गतेदेखि ६ गतेसम्म सबै अस्पताल र शैक्षिक संस्थामा बिहान ८ देखि ४ बजेको सिफ्टनै ठप्प पार्ने तयारीमा छन् ।

नागरिकलाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागू गर्नुपर्ने, निजी स्वास्थ्य संस्थामा काम गर्ने नर्सलाई तहगतरुपमा उचित पारिश्रमिक दिनुपर्ने, स्वयंसेविकाका नाममा अस्पतालहरुले गरिरहेको श्रम शोषण बन्द गर्नुपर्ने, सार्वजनिक–निजी र साझेदारी क्षेत्रको सहकार्य प्रवद्र्धन गरी स्कुल तथा उद्योगमा गुणस्तरीय नर्सिङ सेवा उपलब्ध गराउनुपर्ने माग संघले अघि सारेको छ । आन्दोलनरत नर्सहरुले माग पूरा नभए माघ ७ गतेदेखि चौविसै घन्टा काम बन्द गर्ने रस्वास्थ्य मन्त्रालयमा धर्ना दिने चेतावनी दिएका छन् । श्रम ऐन २०७४ लागू, दुर्गममा काम गर्ने नर्सलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति, योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृति विकासका लागि प्रष्ट खाका, योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई स्नातक नर्सिङ, स्नातक नर्सिङलाई स्नातकोत्तर नर्सिङ र स्नातकोत्तर नर्सिङलाई पि.एच.डी.सम्म अध्ययनका लागि तलबी अध्ययन बिदाको व्यवस्था गर्नुपर्ने माग पनि संघले अगाडि सारेको छ ।

तपाईको प्रतिक्रिया