प्रचण्डलाई प्रधानमन्त्री बन्न कांग्रेस नेताको आग्रह

काठमाडौं– खानेपानी तथा सरसफाईमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादवले मुलुकलाई निकास दिन र संविधान कार्यान्वयनको अग्रगमन पथलाई सही ढंगले डोर्‍याउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्रै सक्ने भएकोले दाहाललाई प्रधानमन्त्री स्विकार्न आफूहरु तयार रहेको स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले मुलुक अग्रगमनको बाटोमा अघि बढिसकेकोले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने परिवर्तनका उपलब्धिहरु सबै गुम्नसक्ने आरोप लगाए ।

उनले थपे,‘निर्वाचन भएर मुलुक संविधानको पूर्ण कार्यान्वयनको चरणमा छ, यो अग्रगमनको बाटो अब अघि बढिसक्यो, अब पछि हट्ने कुनै संभावना छैन, उत्ताउलो भएर केही चल्दैन, परिवर्तनका एजेण्डाहरुलाई संस्थागत रुपमा कार्यान्वयन गर्न पनि माओवादी केन्द्रले अब ‘गार्जियन’ को भूमिका निर्वाह गर्नुपर्छ, उहााहरुकै कारणले संघीयता, गणतन्त्र, समावेवशीजस्ता परिवर्तनका मुद्दाहरु स्थापित भएका छन्, माओवादी एमालेको पीछलग्गु हुनुहुादैन, किनकी एमाले त यी सबै उपलब्धिहरु गुमाउने तरखरमा छ।’

साक्षात्कारमा मन्त्री यादवले एमालेले उपलब्धिलाई गुमाउन सक्ने आरोप लगाउदै त्यसबाट बचाउनको लागि पनि देशको अभिभावकको भूमिकामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आउनुपर्ने धारणा राखे । ‘प्रचण्डजी प्रधानमन्त्री बन्नुभयो भने सबैलाई समेटेर लैजान सक्नुहुन्छ, परिवर्तनकारी उपलब्धिहरु संस्थागत हुन्छन्, उहााबाट मात्रै यी उपलब्धिहरु रक्षा हुन सक्छन्, उहाा आाफै प्रधानमन्त्रीको रुपमा अघि बढ्नुपर्छ, हाम्रो पूर्ण समर्थन रहन्छ।’

तपाईको प्रतिक्रिया