देशैभर बाम गठबन्धनको लहर, कांग्रेसको कन्तविजोग

काठमाडौं– प्रदेश र प्रतिनिधिसभाको चुनावी नतिजामा देशैभर बाम गठबन्धनका उम्मेद्वारले अग्रता कायम गरेका छन् । पहिलो चरणमा निर्वाचन सम्पन्न भएका ३७ निर्वाचन क्षेत्रमा बाम गठबन्धनका उम्मेद्वारले ३३ ठाउँमा अग्रता कायम गर।ेका हुन् । लोकतान्त्रिक गठबन्धनले भने हालसम्म ४ ठाउँमा मात्रै अग्रता लिएको छ । गोरखा क्षेत्र नं २, रसुवा हुम्ला र जुम्ला जिल्लामा लोकतान्त्रिक गठबन्धन अगाडि देखिएको हो ।

बाँकी अन्य ठाउँमा भने बाम गठबन्धनको अग्रता कायम छ । मनाङ र मुस्ताङ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको नतिजा भने आइसकेको छ । मनाङ र मुस्ताङ दुवै जिल्लामा प्रतिनिधिसभाका लागि एमाले उम्मेद्वार विजयी भएका छन् । त्यस्तै दुवै जिल्लाका प्रदेश सभामा एमाले अगाडि देखिएको छ ।

प्रदेशसभाको एक/एक स्थानमा नेपाली कांग्रेस र एकजा स्वतन्त्र उम्मेद्वार पनि विजयी भएका छन् । दोस्रो चरणको मतगठना भइरहेका ठाउँमा पनि बाम गठबन्धन नै अगाडि देखिएको छ । विहीबार मतदान सम्पन्न भएका अधिकांश ठाउँमा अहिले मतगठना तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया