पहिलो चरणको मतगणना सुरु

काठमाडौं– पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुमा साँझ पाँच बजेदेखिनै मतगणना हुँदैछ। पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधि सभा र प्रदेश सभाका ७४ क्षेत्रमा मंसिर १० गते निर्वाचन भएको थियो। दोस्रो चरणको मतदान सकिए लगत्तै प्राय जिल्लाको मतगणना गर्ने तयारी गरिएको निर्वाचन आयोगले जनाएकोछ। सर्वदलीय बैठक बसेर मतगणनालाई अघि बढाउन दलहरु लागेका छन्। पहिलो चरणमा ६५ प्रतिशत मत खसेको थियो।

उम्मेदवार तथा प्रतिनिधिहरु गणनास्थलमा आइपुगेका छन्। यस्तै गोरखाबाट नरहरी सापकोटाका अनुसार दुईवटा निर्वाचन क्षेत्र रहेको गोरखामा मतगणनाको तयारी सुरु भएको छ। क्षेत्र नम्बर १ को महिला तथा बालवालिका कार्यालयमा र २ को जिल्ला समन्वय समितिको कार्यालयमा तारबार सहित गणना सुरु गर्न लागिएको हो। मत गणना गर्ने कर्मचारी जाली भित्र छन् भने दल तथा उमेद्धवारका प्रतिनीधि जाली बाहिर छन्।

जाजरकोटबाट जनक केसीका अनुसार मतगणना सुरु भएको छ। जिल्लामा मतपेटिका खोलि सकिएको छ। दार्चुलामा पनि मगणना केही बेरमा सुरु हुँदैछ।

दोलखाबाट रमेश खतिवडाका अनुसार अहिले साँझ ५ बजे देखि मतगणना हुदैछ। मतगणनाको सबै तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाच्न अधिकृत एवं जिल्ला न्यायधिश प्रकाश कुमार काफ्लेका अनुसार जिल्ला अदालत परिसरमा तिन ओटा कोठाहरुमा एकै पटक मतगणना गरिदैछ। रसुवामा पनि मतगणनाको सम्पूर्ण तयारी पुरा भएको छ। बझाँङमा मतगणना सुरु भएको छ। बझाङमा ४ वटा केन्द्रबाट मतगणना गरिएको छ। यस्तै वैतडीबाट विरा गडालका अनुसार मतगणना सुरु भएको छ। पूर्वी रुकुममा पनि गणना सुरु भएको छ।

तपाईको प्रतिक्रिया