गणितमा बलियो बाम गठबन्ध, कसरी जोगाउँला कांग्रेसले शाख

काठमाडौं– अगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि राजनीतिक दलहरूले अहिले आफ्नै किसिमको तयारी गरिरहेका छन् । खासगरी तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले चुनाव केन्द्रीत तयारी थालेका हुन् । स्थगित संददको ठूलो दल नेपाली कांग्रेसले चुनावी तालमेल भएका केही ठाउँ वाहेक अन्य ठाउँमा आफ्नै सभा सम्मेलन गर्ने योजना बनाएको छ ।

तालमेल गरिएका ठाउँमा भने कांग्रेसले सम्बन्धित दलसँगै मिलेर चुनाव प्रचार प्रसार गर्ने भएको छ । दुई ठूला कम्युनिष्ट पार्टीवीच चुनावी तालमेल भएपनि जनताले लोकतान्त्रिक शक्तिलाई चुनावमा विजय गराउने कांग्रेसको दाबि छ । कांग्रेसको लागि बाम गठबन्धन चूनौती भएपनि कांग्रेसकै नेतृत्वमा संविधान संस्थागत हुँदै देश परिवर्तनको दिसामा अघि बढेकाले जनताले यसपटक पनि कांग्रेसलाई नै देश विकासको म्यान्डेट दिने कांग्रेस नेताको जिकिर छ । उता बाम गठबन्धन गरी देशैभर चु्नावी तालमेल गरेका विगठित संंसदका दोस्रो र तस्रो ठूला दल नेकपा एमाले र माओवादी केन्द्रले सामान्य बहुमत मात्र नभई दुई तिहाइ बहुमत ल्याउने प्रचार गरिरहेका छन् । देशैभर ६०/४० को चुनावी तालमेल गरेका एमाले र माओवादीले देशैभर चुनाव प्रचारप्रसारका लागि संयुक्त कार्यक्रम गर्दै छन् ।

बाम गठबन्धनका उम्मेद्वारहरूले सोमबार देखि संयुक्त प्रचार प्रसार गर्दै छन् भने कांग्रेसका उम्मेद्वारहरूले भने चुनावी प्रचार प्रसारको अभियान थालीसकेका छन् । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन र एमाले माओवादीको बाम गठबन्धनले आ–आफ्नै चुनावी नारा समेत तय गरिसकेका छन् । दुवै गठबन्धनले आफ्ना घोषणापत्रमा आर्थिक विकासलाई प्रथामिकता दिएका छन् । कांग्रेसले प्रजातान्त्रिक विचारधारको पँुजीवादी आर्थिक विकासको एजेण्डा अघि सारेको छ भने बाम गठबन्धनले साम्यवादी सम्मुनत आर्थिक विकासको एजेण्डालाई अघि सारेको छ ।

 

तपाईको प्रतिक्रिया