चुनाव हुने पक्का, यसरी मिलाइदै छ सुरक्षा व्यवस्था

काठमाडौं–सरकारले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि विशेष सुरक्षा योजना बनाएको छ । सुरक्षा व्यवस्था मिलाउने गृह मन्त्रालयले चुनावका लागि देशैभर उच्च सतर्कता अपनाउदै विशेष सुरक्षा व्यवस्था लागू गर्ने योजना तय भइसकेको बताएको हो । पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका ३७ निर्वाचान क्षेत्रमा विशेष सुरक्षा योजना अन्तर्गत सुरक्षाकर्मी परिचालन गर्न लागिएको र मंसिर २१ गतेको दोस्रो चरणको चुनावका लागि पनि त्यसै अनुरूपको सुरक्षा व्यवस्था मिलाइएको गृह मन्त्रालयको भनाइ छ ।

बढि संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको जनशक्ति सामान्य ठाउँको भन्दा दोब्बर गरिने गृह मन्त्रालयले जानकारी दिएको छ । गृह मन्त्रालयका अनुसार प्रदेश र प्रतिनिधिसभाको चुनावमा तीन घेरा बनाएर सुरक्षा व्यवस्था मिलाइने छ । जसमा पहिलो घेरमा म्यादी र नेपाल प्रहरी, दास्रो घेरामा शसस्त्र प्रहरी तेस्रो घेरमा नेपाली सेनाले सुरक्षा दिनेछन् । मतदान स्थलको बाहिरी वा तेस्रो घेराको सम्पूर्ण सुरक्षा जिम्मा भने नेपाली सेनाले लिनेछ ।

निर्वाचन प्रचारप्रसार र उम्मेदवारको सुरक्षामा आवश्यक्ता अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई जिम्मा दिइएको छ भने मतपेटिका ओसार्ने जिम्मा नेपाली सेना र सशस्त्र प्रहरीले दिइएको छ । निर्वाचन सुरक्षामा चुनौती बढाउन सक्ने समूहको निगरानीको जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागले पाएको छ । नेपाली सेना र प्रहरीमा रहेको गुप्तचरी निकायले चुनावमा हिंसा भड्काउने समूह र व्यक्तिको सूचना संकलन गर्ने काम पनि थालिसेका छन् । नेपालमा नेपाली करिब ९० हजार सेना ७२ हजार प्रहरी र ३७ हजार सशस्त्र प्रहरी छन् भने राष्ट्रिय अनुसन्धान विभागमा करिब ३ हजार जनशक्ति छ ।

Published On:  543पटक हेरिएको

तपाईको प्रतिक्रिया