हान्ताई सुनिल शाक्य ललितपुर उद्योग बाणिज्य संघको उद्योगतर्फको सदस्यमा निर्वाचित

ललितपुर । २० बर्षदेखि ब्यापार व्यवसायमा क्रियाशिल रहँदै आउनुभएका ललितपुरका हान्ताई शुनिल शाक्य ललितपुर उद्योग वाणिज्य संघको उद्योगतर्फको सदस्य पदमा निर्वाचित हुनुभएको छ । अन्य प्रतिस्प्रधीलाई उन्छिदै शाक्यले २ सय ९६ मत ल्याई उद्योग बाणिज्य संघको सदस्यमा निर्वाचित हुुनुभएको हो ।

शाक्यले ६ बर्षदेखि संघको कार्यसमितिमा रहदै कार्यसम्पादन गर्दै आउनुभएको थियो । संघको उद्योगतर्फको सदस्यमा निर्वाचित भएका शाक्यले आगामि दिनमा व्यपार व्यवसायमा क्रियाशिल रहदै यस क्षेत्रको विकासमा आफूले सक्ने भूमिका निर्वाह गर्ने बताउनुहुन्छ ।

शाक्य भन्नुहुन्छ,‘निरन्तर व्यापार व्यवसायकै क्षेत्रमा क्रियाशिल छु, अब यो क्षेत्रको व्यवसायिक विकासमा आफूले सक्ने योगदान दिन्छु, र जीवनको अन्तिम सम्म पनि म यही क्षेत्रमा नै लाग्छु’ ।

होटल व्यवसायमा क्रियाशिल शाक्य २०२७ सालमा पाटनको मा:पालमा जन्मनुभएको थियो । सानै उमेरदेखि व्यापार व्यवसायमा चासो राख्ने शाक्यले व्यपारकै शिलशिलामा विभिन्न देशको भ्रमण समेत गर्नुभएको छ ।

 

Published On:  1337पटक हेरिएको

तपाईको प्रतिक्रिया