काठमाडौं– सूचना र प्रविधिमा पहुँच विस्तार भएसँगै नेपालमा विद्युतिय अपराधका घटना पनि बढिरहेका छन् । पछिल्लो समय बिधुतीय अपराध अन्तर्गत फेसबुक, ट्वीटर जस्ता सामाजिक सन्जालबाट धम्की दिने, गाली–गलौज गर्ने, बैंक एटीएमको पिन, न्यूज पोर्टल, फ्यानपेज ह्याक गर्नेदेखि देखी फोटो जोडेर चरित्र हत्या गर्नेसम्मका अपराधहरु बढ्दै गएका छन्् । पछिल्लो समय प्रविधि दुरूपयोग गरी अपराध गर्नेक्रम बढे पनि कारवाहीको दायरामा आउनेको संख्या धेरै कम छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार आर्थिक बर्ष ७१/७२ मा साइबर अपराधका १ सय ७ वटा मुद्धा दर्ता भएको थियो । ७२/७३ मा ८ सय ७० र ७३/७४ मा ११ सय ५७ वटा बिधुतीय अपराधको मुद्धा दर्ता भए । यि मध्ये ७१/७२ मा २५, ७२/७३ मा ३४ र ७३/७४ मा २८ बटा उजुरी माथि छानबिन गरी कारवाही भयो । सरकारसंग आबश्यक स्रोत, साधन र जनशक्तिको अभाबले पनी कारवाही प्रकृया प्रभावकारी बन्न सकेको छैन ।
बिद्युतीय अपराधका बिषयमा जनचेतनाको अभाब हँुदा अपराधिक घटना बढेको प्रहरीको दाबि छ । इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, अर्काको पहिचान अनाधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउण्ट आदिको चोरी गरी गरिने बैङ्किङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्याइने क्षति लगायत अवैधानिक कार्यलाई विश्वका अधिकांश मुलुकका कानूनले साइबर अपराध मानेको छ ।
नेपालको विद्युतीय कारोबार ऐन २०६३ मा यी कुराहरु समेटीएको भएपनि कारवाहीको दायरामा आउनेको सख्या भने कम छ । विद्युतीय साइबर क्राइम बारे थाहा भएको मितिले ३५ दिन भित्र प्रहरीमा उजुरी गरी सक्नुपर्ने प्रावाधान रहेको छ । विद्युतिय अपराध पुष्टि भएमा ५० हजार देखि ३ लाख सम्म जरिवाना र ५ महिना देखि ५ वर्ष सम्म कैद सजाय हुन सक्ने ब्यबस्था रहेको छ ।