लिल्ली विल्लीमा प्रदिपले अभिनय गर्ने

असोज– बडिगार्डको कारण चर्चामा रहेका प्रदीप खड्काले ‘लिली बिली’ चलचित्रमा अभिनय गर्ने भएका छन् । फिल्मको घोषणा कार्यक्रममा प्रदिप गत जेठमा रिलज भएको फिल्म दिपेन्द्र सरकार भूमिकामा जस्तै चार अफ्रिकी मूलका सुरक्षागार्ड लिएर पत्रकार सम्मेलनमा देखापरे । नेपालमा विरलै देखिने यस्तो अभ्यासले नै बहस निम्त्यायो । घोषणा कार्यक्रमको समाचार लिन गएका पत्रकारले औपचारिक कार्यक्रम लगत्तै प्रदीपसँग सुरक्षागार्डको औचित्यबारे प्रश्न गरे ।

प्रदीपले सुरक्षागार्ड आफूले मागेको नभई निर्माताले दिएको बताए । पत्रकार सम्मेलनमा प्रदीपसँगै नवनायिकाद्वय जसिता गुरुङ र रेबिका गुरुङ पनि सुरक्षागार्डका साथ आएका थिए । निर्देशक मिलन चाम्सले नेपाली कलाकारलाई सम्मान दिन सुरक्षागार्डसहित कार्यक्रममा उपस्थित गराएको बताए ।

प्रदीपले फिल्मको स्क्रिप्ट र काम गर्ने टिम राम्रो लागेकाले ‘लिली बिली’मा अनुबन्धित भएको बताए । ‘यो फिल्मबाट मैले ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ मा बनाएको छविभन्दा राम्रो छवि बनाउनेछु,’ उनले भने, ‘मलाई कलाकारको ग्रेडिङ र उसले लिने पारिश्रमिकको रेटिङमा बस्नुभन्दा पनि दर्शकको मनमा बस्नुछ । त्यसमा म अवश्यै सफल हुनेछु ।’ फिल्मकी नवनायिकाद्वय जसिता र रेबिकाले फिल्ममा काम गर्न पाउादा खुसी लागेको बताए । निर्देशक चाम्सले प्रेमकथा ‘कमेडी लेबर’ रहेको बताए । ‘

 

तपाईको प्रतिक्रिया