सामाजिक युवा अभियन्ता तिमिल्सिना माओवादी केन्द्रको नगर सदस्यमा निर्वाचित

काठमाडौं – सराङ्गकोटका सामाजिक अभियन्ता बलराम तिमिल्सिना माओवादी केन्द्रको पोखरा महानगरपालिको नगर सदस्यमा निर्वाचित हुनुभएको छ ।

सानै उमेर विभिन्न संस्थाको नेतृत्व सम्हालेका तिमिल्सिना माओवादी केन्द्रको पहिलो नगर अधिवेशनबाट सदस्यमा निर्वाचित हुनुभएको हो ।

युवा सदस्यका अन्य प्रतिष्प्रधीलाई पछि पार्दै तिमिल्सिना सदस्य पदमा निर्वाचत हुनुभएको हो । सदस्य तिमिल्सिना युवा सामाजिक अभियन्ताको रूपमा काम गर्दै आउनुभएको छ ।

तिमिल्सिनाले पोखराको चर्चित संस्था सिदार्थ क्लबको कार्यक्रम संयोजक, क्राउड्स नेपाल नामक संस्थामा पनि कार्यक्रम व्यवस्थापको रूपमा काम गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया