काठमाडौं– यतिबेला तपाई काठमाडौं व्यस्त र महँगो मानिने ठाउँ दरवार मार्ग जानुभयो भने त्यहाँ अधिकांश सटर बन्द देख्न सक्नुहुहन्छ । नाम चलेका विदेशी लत्ताकपडा लगायतका सामाग्री बच्ने पसलहरू यतिबेला बन्द हुनुको कारण हो व्यपारीले नियम विपरित फाइदा लिनु । केही दिन अघि बाणिज्य आपूर्ति मन्त्री शिवकुमार मण्डलको अनुगमन टोलीले दरवार मार्गमा नियमविपरित सर्वसाधारणलाई ठगेको भन्दै केही कपडा पसललाई सिल गरिदिएको थियो ।
अनुगमन टोलीले नियम विपरित अध्याधिक नाफा लिएको पाएपछि दरवारमार्गमा रहेका केही पसलहरू शिल गरिदिएको थियो । सरकारी अनुगमन टोलीले केही पसलहरूलाई शिल गरेपछि अहिले दरवार मार्गका व्यपारीहरू व्यापार ठप्प पारेर आन्दोलनमा छन् । उनीहरूले सरकारले दोषी ठहर नहुदै आफूहरूलाई कानून विपरित कारवाही गरेको दाबि गरिरहेका छन् । दरवार मार्गमा नामचलेका सुपरस्टोर र पसलले ब्राण्डेड सामानको नाममा गैरकानूनी रूपले अध्याधिक नाफा लिएको ठहर सरकारी अनुगमन टोलीको छ ।
सरकारी अनुगमन टोलीले उपभोत्ता ठग्न सेल र डिस्काउण्टको नाममा बढी मुल्य राखि विक्रि वितरण गरेको फेला पारेको थियो । दरबारमार्गका नर्थ फेस, पुमा, बेन्ट्ली, नाइक, स्टोर वान पसल र नक्सालको भाटभटेनि सुपर स्टोर, कमलपोखरीको सिटि सेन्टरका सेलको नाममा राखिएका कपडा र जुत्ताजन्य सामाग्रिमा एक हजार प्रतिशभन्दा बढी मूल्यमा बेचेर कालोबजारी गरेको तथ्य फेला परेको हो ।