प्रदेश नम्बर २ को चुनावी तयारी पूरा

काठमाडौं– निर्वाचन आयोगले अगामि असोज २ गते तस्रो चरणको चुनाव अन्र्तगत प्रदेश नम्बर २ मा हुने चुनावको अधिकांश तयारी पूरा गरेको बताएको छ । निर्वाचन आयोगले प्रदेश नम्बर २ मा मतदान केन्द्र र स्थल तोक्ने, मतपत्र मतपेटिका पठाउने लगायतका सबै किसिमका तयारी पूरा गरेको बताएको हो । त्यस्तै निर्वाचन आयोगले प्रदेश नम्बर २ मा आवश्यक कर्मचारी खटाउनुका साथै सुरक्षा प्रवन्ध समेत मिलाइसकेको छ ।

निर्वाचन आयोगले प्रदेश नम्बर २ को लागि अगामी भदौ २१ गते मनोनयन दर्ता गर्ते समय तोकेको छ । प्रदेश नम्बर २ मा ८ जिल्ला, १ सय ३६ स्थानीय तह, १२ सय ७१ वडा, २१ सय ६६ मतदान स्थाल, ३५ सय ७८ मतदान केन्द्र र २६ लाख ६४ हजार ९ सय ५० मतदाता रहेका छन् । सप्तरीमा १८ स्थानीय तह, सिराहामा १७, धनुषामा १८, महोत्तरीमा १५, सलार्हीमा २०, रौतहटमा ३२, बारामा ३३ र पर्सामा ३४ स्थानीय तह रहेका छन् । स्थानीय तहको पहिलो र दास्रो चरणको चुनाव यसअघि नै साम्पन्न भइसकेको छ ।

पहिलो चरणमा ३, ४ र ६ प्रदेशका ३४ जिल्लाका २ सय ८३ स्थानीय तह र दास्रो चरणमा १,५ र ७ प्रदेशका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहको चुनाव भइसकेको छ । सरकारले असन्तुष्ट रहेका मधेशवादी दललाई पनि चुनावमा ल्याउन भन्दै प्रदेश नम्बर २ को चुनाव सारेको थियो । अन्तत: संविधानमा असन्तुष्ट भनिएको राष्ट्रिय जनता पार्टी नेपालले पनि प्रदेश नम्बर २ को चुनावमा भाग लिने भएको छ ।

तपाईको प्रतिक्रिया