रौतहट घटनाको छानवीनको माग गर्दे कानून व्यवसायीद्धारा सडक विभागलाइ ज्ञापन पत्र

काठमाडौं । – गत साउन २१ गते रौतहटको गरुडा नगरपालिका वडा नं ४ का चार वालिकाको सडकमा वेवारिसे छोडिएको खाल्डोमा परी अनाहक ज्यान गुमाउनु परेको घट्नालाइ लिएर यूवा कानून व्यवसायीहरुले ववरमहल स्थित सडक विभागमा महानिर्देशकलाइ भेटेर दोषीलाइ कडा कारवाहीको माग गर्दे ज्ञापन पत्र बुझाएका छन् ।

घटनामा संलग्न चन्द्रनिगाहपुर स्थित निर्माण व्यवसायी संस्था दुर्गा निर्माण सेवाका प्रोपराइटर प्रल्हाद शाहलाइ कडा कारवाही सहित पिडितहरुलाइ उपयुक्त क्षेतिपूर्तिको माग गर्दे कानून व्यवसायीहरुले सडक विभागका महानिर्देशक गोपाल प्रसाद सिग्देल समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।ठेकेदार कम्पनी र त्यसका प्र्रोपराइटरको लापरवाहिका कारण यो घटना घट्न गएको प्रस्ट भइसकेको अवस्थामा दोषीलाइ कडा कारवाही हुनुपर्ने कानून व्यवसायीहरुको माग रहेको छ ।
नेशनल ल कलेजमा एल एल एम मा अध्ययनरत यूवा कानून व्यवसायीहरुले सार्वजनिक सरोकारकारका विषयमा राज्यका सरोकारवाला निकायहरुलाइ जिम्वेवार वन्न यस्तो खाले कदम चालेका हुन् ।

अधिवक्ता सरस्वती शाहको नेतृत्वमा ३५ जना अधिवक्ताहरुको एक समुहले आजै सडक विभागका महानिर्देशकलाइ भेटेर दोषिलाइ कडा कारवाहीको माग समेत गरेका छन् ।यस अघि यहि समूहले सार्वजनिक सरोकारको विषयमा राजधानीको सडकमा ढलमा वगेर ज्यान गुमाउन पुगेकी १० बर्षिया वालिका विनिता फुँयालको घट्नालालाइ लिएर महानगरीय प्रहरि परिसरमा जाहेरी दर्ता गरीसकेका छन् । उक्त जाहेरीका आधारमा घट्नाको थप अनुसन्धान भइरहेको महानगरी प्रहरी प्रमुखले जनाएको अधिवक्ता सरस्वती साहले वताइन् ।

तपाईको प्रतिक्रिया