काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी बलियो बनाउन सङ्गठनको महत्वपूण भूमिका हुने बताउनुभएको छ । काठमाडौंमा शुक्रबार भएको कार्यक्रममा नेता ंिसहले तरुण दलका नेता कार्यकर्तालाई क्षमता अभिवृद्धि गरि पार्टीलाई बलियो बनाउन आग्रह गर्नुभएको पनि गर्नुभयो ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल काठमाडौं जिल्ला अध्यक्ष कृष्णजी खड्काको नेतृत्वमा भएको तरुण अभिवृद्धि प्रशिक्षण समापन कार्यक्रममा नेता सिंहले कांग्रेसको जनमत बढाउन तरुणहरुको ठूलो भूमिका हुने भएकोले नेतृत्वले उत्तरदायी भएर कार्य गर्नुपर्ने बताउनुभयो । प्रशिक्षण कार्यक्रमको समापन गर्दै गरिबी निवारण तथा सहकारी बिकास मन्त्री अम्बिका बस्नेतले तरुण युवाहरुलाई राजनीतिमा सक्रिय रुपमा ला
ग्न निर्देशन दिनुभयो ।
विभन्न आन्दोलन तथा राजनीतिक परिवर्तमा युवाहरुको नेतृत्वदायी भूमिका रहेको स्मरण गर्दै कांग्रेस भित्रको आन्तरिक किचलो पन्छाउने जिम्मेवारी पनि तरुणको कााधमा आएको बताउनुभएको हो ।
नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभएको तरुण क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाड, उदय सम्सेर राणा, बऽी पाण्डे , रामशरण महत, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेश दाहाल र पब्लिक स्पिकर नबिन चित्रकारले विभिन्न बिषयमा प्रशिक्षण दिनुभएको थियो।
समापन कार्यकार्यमा बोल्दै नेपाल तरुण दल केन्ऽीय अध्य्क्ष जितजंग बस्नेतले अब मुलुकभर तरुणहरुलाई लक्षित विभिन्न प्रशिक्षण कार्यक्रमको आयोजन गर्ने बताउनुभयो । उहााले प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनलाई लक्षित गरी यही २४ देखि ३२ सम्म वडा नगर क्षेत्र जिल्ला स्तरीय तरुण जागरण अभियान संचालन गर्न निर्देशन दिसकेको पनि जानकारी दिनुभयो ।