घरेलु तथा साना उद्योग कार्यालयबाट प्रविधि सामाग्री हस्तान्तरण

काठमाडौं– घरेलु तथा साना उद्योग कार्यालय काठमाडौंले आर्थिक बर्ष ७३÷७४ को प्रबिधि सामाग्री हस्तान्तरण गरेको छ । कार्यालयले ३२ जना उधमीहरुलाई बिभिन्न किसिमका प्राबिधिक मेसिनहरु प्रदान गरीएको गरेको हो । कार्यलय प्रमुख अरूण पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा साना तथा घरेलु संघ काठमाडौका अध्यक्ष सिता कार्की अतिथि हुनुहुन्थ्यो ।

कार्यक्रममा घरेलु तथा साना उघोग कार्यलयका प्रमुख अरुण पोख्रेरेलले प्रविधि हस्तान्तरणमा सहयोग पुर्याउनु हुने सबैलाई धन्यबाद दिदै कार्यालयले उधमीहरुलाई हरेक क्षेत्रबाट सहयोग पु्ुर्याउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । घरेलुसंघ काठमाडांैका अध्यक्ष सीता कार्कीले प्रविधि लगायत अन्य क्षेत्रमा सहकार्यको लागि संघ सदैव तयार रहेको बताउनुभयो ।

उद्यमीहरुको तर्फबाट बोल्ने बक्ताहरुले प्रबिधी प्राप्त गरेकोमा कार्यालयलाई धन्यबाद दिदै थप सहयोगको लागि आभार ब्यक्त गर्नुभयो ।

Published On:  666पटक हेरिएको

तपाईको प्रतिक्रिया