शंसोधन शंकसमा सत्ताधारी दल

काठमाडौं– देशमा संविधान जारी भइकन दुई चरणमा स्थानीय तहको चुनाव भइसकेको छ । तर अझै संविधान शंसोधनको कुरा भने सेलाउन सकेको छैन । संविधान जारी भएदेखि नै मधेशी केन्द्रीत दलहरूले विभिन्न माग राखेर संविधान शंसोधनको माग गरिरहेका छन् । छ मधेशकेन्द्रीत दलहरू मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले पहिलो र दास्रो चरणको चुनावमा समेत लिएन । राजपा नेपालले अहिलेपनि आफ्ना माग सम्बोधन हुनेगरी संविधान शंसोधन नभएसम्म स्थानीय तहको तस्रो चरणको चुनावमा भाग नलिने बताइरहेको छ ।

सत्ताधारी दलले संसदमा दर्ता भएको संविधान संसोधन प्रस्तावलार्इं अघि बढाएपनि त्यसमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालले साथ नदिने बताउदै आएको छ । एमालले अहिले संसदमा दर्ता भएको संविधान शंसोधन प्रस्ताव फिर्ता गरेर सबै दलहरूको सहमति सहित संसोधनको नया“ प्रस्ताव लैजानुपर्ने बताउ“दै आएको छ ।

एमालले संविधान संसोधनको प्रस्ताव सत्ताधारी दलमात्र जिम्मेवार नभएकाले यसलाई खुल्ला छलफलमा ल्याउनुपर्ने बताएको छ । दलहरूवीच खुल्ला छलफल नभई सत्ताधारी दलले मात्र संविधान शंसोधनको प्रस्ताव अगाडि बढाइए त्यसले सकरात्मक परिणाम नदिने जिकिर समेत गरेको छ ।

तपाईको प्रतिक्रिया