लोक साँस्कृतिक प्रतिष्ठान नेपालको नयाँ केन्द्रीय कार्य समिति गठन

काठमाडौं– हाम्रो भाका हाम्रो लोक साँस्कृतिक प्रतिष्ठान नेपालको प्रथम वार्षिक साधारणसभाले रत्न पुलामी मगरको अध्यक्षतामा १८ सदस्यीय केन्द्रीय कार्य समिति शनिबार निर्विरोध चयन गरेको छ । मगर अघिल्लो कार्य समितिमा पनि अध्यक्ष थिए । कृष्ण रानाभाट सचिव थिए । नव निर्वाचित केन्द्रीय कार्यसमितिमा प्रथम उपाध्यक्ष लछुमन चौलागाई, वरिष्ठ उपाध्यक्षमा आशिक राई, तृतिय उपाध्यक्षमा  आनन्त प्रसाद अर्याल र महिला उपाध्यक्ष्मा कमला पोखरेल तथा कृष्ण रानाभाट महासचिव, राज कुमार राई सचिव तथा मेनुका घिमिरेले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।
उत्सव वाग्ले, छिरिङ मिङग्यूर शेर्पा विनिता राई, डि.वि तामाङ, शर्मिला के.सी. थापा, राम चन्द्र घिमिरे, रामहरि भण्डारी,प्रकाश बराईली, सन्तोष दवाडी, भीम कुसारी केन्द्रयि सदस्यमा चयन भएका छन् । नवनिर्वा्चित पदाधिकारीहरुलाई प्रतिष्ठानका अध्यक्ष रत्न पुलामी मगरले प्रमाण पत्र प्रदान गरेका थिए । सो कार्यक्रममा चर्चित लाकारहरु गायिका विनिता राई , डि.वी तामाङ, शर्मिला के.सी. थापा, कृष्ण राना भाट जस्ता कलाकारहरुले वेजोड सांगीतिक प्रस्तुति पनि  दिएका थिए ।

तपाईको प्रतिक्रिया