कैलालीको गौरीगंगा नगरपालिकामा कांग्रेसको पक्कड बलियो

कैलाली । स्थानीय तह दोस्रो चरणको मिति नजिकिदै गर्दा बिभिन्न राजनितिक दलहरुले आफ्ना चुनावी प्रचार अभियानलाई तिब पारेका छन् । बुधवार नेपाली काँग्रेस गौरीगंङ्गा नगरपालिकाका मेयरका प्रत्यासी दिनेश राज जोशीको प्रचार र्यालीमा उल्लेख्य मात्रामा जनसहभागिता देखिएको छ । र्यालीमा सहभागीहरुले आफ्नो उपस्थिति गौरीगंगा नगरपालिकाको विकासका लागि भएकोले जसका लागि आफुले नेपाली काँग्रेसका मेयरका उम्मेदवारमा स्थानीय विकासको संभावना रहेको बताएका छन् ।

त्यसो त विगतमा जोशीले गरेको सामाजिक तथा नगर विकास कार्यमा लिएको नेतृत्व प्रतिको विश्वास पनि हो । चुनावका बेलामा मात्र नभई अन्य समयमा पनि उतिकै जनचासो तथा स्थानीयका समस्यामा उपस्थिति देखाउन्दै आउनु भएका कारण पनि जोशीको पक्षमा मत बढी खस्ने संभावना बढ्दै गएको छ । गौरीगंङ्गा नगरपालिकाबासीहरु पनी कुशल, सक्षम, शिक्षित तथा विकास प्रेमी नेतृत्वको अरु विकल्प नहुने बताउँछन् ।

करिब २८००० मतदाता रहेको यस नगरपालिकामा शिक्षा, स्वास्थ्य, सडक, नदी कटान र मुक्त कमैयाको पुनस्थापनामुख्य समस्या रहेका छन् । यस नगरमा जोशीका अन्य प्रतिस्पर्धा माओवादी केन्द्रबाट देवी कँडेल हुन् । जो राप्रपाबाट एमाओवादीमा प्रवेश गरेका हुन् , एमालेबाट भिम देउवा छन् ।

उनि नेपाली काँग्रेस हुँदै एमाओवादी र एमाओवादीबाट एमालेमा प्रवेश गरेका हुन् । नयाँ शक्तिबाट खडग साँउद छन् । उनी एमालेबाट नयाँ शक्तिमा प्रवेश गरेका हुन् । यसै पनि कैलाली जिल्ला काँग्रेसको पकड भएको जिल्ला मानिन्छ । र गौरीगंगा नगरपालिकामा पनि मेयरका उम्मेदवारका प्रत्यासीहरुलाई हेर्ने हो भने काँग्रेका दिनेशराज जोशीको पक्षमा जनलहर देखिएको छ तर निर्वाचनले कस्तो नतिजा ल्याउने हो त्यसको लागि अव दुईसाता कुर्नु नै उपयुक्त हुनेछ ।

तपाईको प्रतिक्रिया