काठमाडौं– राष्ट्रिय जनता पार्टीले नेपालले संविधान शंसोधन नभई स्थानीय तहको दास्रो चरणमा भाग नलिने बताइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको दोश्रो चरणको निर्वाचन अगावै संविधान संसोधन गर्न नसकिने बताउनुभएको छ । व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले चुनावको मिति नजिक आईसकेको भन्दै देउवाले त्यस अघि सबैलाई सहमतिमा ल्याई संविधान संसोधन गर्न नसकिने स्पष्ट पार्नुभएको हो ।
उहाँले निर्वाचन सम्पन्न गरेपछि प्रमुख प्रतिपक्षी लगायतका दललाई सहमतिमा ल्याई संविधान संसोधन गरिने प्रतिवद्धता जनाउनुभयो । प्रधानमन्त्री देउवाले स्थानीय तहको संख्या वृद्धिका सम्बन्धमा अदालतमा मुद्धा परेकाले सर्वोच्चले अन्तिम फैसला नगरुन्जेल त्यसबारे पनि निर्णय पनि गर्न नसकिने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री देउवाले भविष्यमा संविधान शंसोधन गराएरै छाड्ने भन्दै चुनावमा भाग लिई निर्वाचनलाई सफल पार्न आव्हान गर्नुभयो ।