यि दलले सर्मथन गर्दै छन् नयाँ बन्ने सरकारलाई

काठमाडौं– नयाँ सरकार गठनको प्रक्रिया आरम्भ भएको छ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनको तयारी भइरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० महिना सरकारको नेतृत्व गरेर राजीनामा दिएपछि अहिले सरकार काम चलाउ छ भने बहुमतिय प्रक्रियाबाट प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढेको छ । प्रधानमन्त्री चयनको टुङ्गो आइतबार नै लाग्ने भनिएपनि नेकपा एमालेले संसद अवरोध गर्दा प्रधानमन्त्री चयनको प्रक्रिया अब मंगलवारसम्मको लागि सरेको छ ।

कांग्रेसको नेतृत्वमा बन्ने सरकारमा, संसदको तेस्रो ठूलो दल माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, मधेशीजनाधिकार फोरम लगायतका दलले सर्मथन गर्दै छन् । ६ वटा मधेश केन्द्रीतको एकीकरण भएर भनेको राष्ट्रिय जनता पार्टी नेपालले पनि अब बन्ने सरकारलाई शर्सत समर्थन गर्ने संकेत दिएको छ ।

अहिले प्रतिपक्षमा रहेका दलहरू अब बन्ने सरकारमा पनि प्रतिपक्षमै रहने देखिएको छ । प्रतिपक्षमा संसदको दोस्रो ठूलो दल नेकपा एमाले, माले, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका नौ वटा दल रहने देखिएको छ । संसदमा प्रतिनिधित्व केही साना दलहरू भने वर्तमान सरकारलाई समर्थन गर्ने या नगर्ने भन्ने विषयमा मौन रहेका छन् । हाल संसदमा विभिन्न दलका ५ सय ९३ सांसद रहेका छन् । प्रधानमन्त्री बन्नको लागि २ सय ९७ मतको आवश्यकता पर्छ ।

तपाईको प्रतिक्रिया