आयल निगमका कर्मचारीले कानून सम्मत बोनस खान पाउनुपर्छ : कर्मचारी संघ

काठमाडौं– नेपाल आयल निगम कर्मचारी संघले आयल निगमका कर्मचारीले कानून सम्मत बोनस खानु पाउने कर्मचारीको अधिकार भएको दाबि गरेको छ ।

नेपाल आयल निगम कर्मचारी संघले एक विज्ञप्ती सार्वजनिक गर्दै निगम कम्पनी ऐन अन्र्तगत गठन भएको बोनस ऐन २०३० लागू रहेको, श्रम ऐन २०४८ सञ्चालनमा रहेका अवस्थामा निगमले नियमअनुसार प्रत्येक बर्ष समयमै बार्षिक साधारण सभा गरी आर्थिक विवरण चुस्त तुरूस्त राखेको र निगमले नेपाल सरकार तथा तालुक मन्त्रालयहरूले दिएका नीति निर्देशन पालना गरी बोनस वितरण गर्नु कानून सम्मत भएको ठहर गरेको हो ।

कर्मचारी संघले कर्मचारीले कानून सम्मत पाउने बोनसलाई राज्यकका केही निकायले विभिन्न किसिमका आदेश जारी गरी बोनस रोक्नु कानूनको उपहास भएको जिकिर गरेको छ । नेपाल आयल निगमको कानूनी व्यवस्थामा निगम फाइदमा गए कर्मचारीलाई बोनस दिइने व्यवस्था गरिएको छ ।

Published On:  613पटक हेरिएको

तपाईको प्रतिक्रिया