जनताप्रति उत्तरदायी भएर काम गर्न प्रधानमन्त्रीको प्रहरीलाई निर्देशन

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल प्रहरीलाई जनताप्रति उत्तरदायी भएर काम गर्न निर्देशन दिनुभएको छ । प्रहरी निरीक्षक आधारभूत तालिम १ सय ६५औ समूहको दिक्षान्त समारोहलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नागरिक सेवामा समर्पित भएको संगठन भएका कारण सदैव नागरिक प्रति उत्तरदायी र जिम्मेवार बन्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री दाहालले समय र प्रविधिको विकास सागसागै अपराधको क्षेत्रमा समेत नयाा नयाा चुनौति र जटिलताहरु थपिएको उल्लेख गर्दे सबै चुनौतिलाई व्यवसायिक र प्रभावकारी रुपमा सामनाका लागि सदैव संवेदनशील रहन आग्रह समेत गर्नुभयो । सरकारले संघीय संरचनामा मुलुकभर आवश्यक पर्ने प्रहरी जनशक्तिको उत्पादन तथा विकास गर्ने केन्द्रीय प्रशिक्षण संस्थाको रुपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको विकास गर्दै लैजान सरकार प्रतिवद्ध रहेको पनि प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो ।

कार्यक्रममा उपप्रधान एंव गृहमन्त्री विमलेन्द्र निधिले नागरिकको आकांक्षा अनुसार नागरिक सुरक्षा तथा कानुनी शासनको प्रत्याभुत गराउदै राष्ट्रसेवामा सर्मपित हुन प्रहरी संगठनलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री दाहाल र गृहमन्त्री निधी दुवैले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुका साथै दिक्षित भएका प्रहरी निरीक्षकहरुलाई शुभकामना तथा बधाई दिदै सफलताको कामना गर्नुभयो ।

तपाईको प्रतिक्रिया