एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष कमल थापावीच भेटवार्ता

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापावीच भेटवर्ता भएको छ । भेट क्रममा स्थानीय तहको दोस्रो चरणको निर्वाचन, प्रधानमन्त्री चुनाव लगायतका विषयउमा छलफल भएको थियो । दुवै नेताबीच आज भएको भेटमा भरतपुर महानगरमा उत्पन्न विवादबारे पनि छलफल भएको थियो ।

भेटमा अध्यक्ष थापाले भरतपुर महानगरपालिकाको मतदान तत्काल सुरु गर्ने र एमालेले पनि संसद अवरोध गरेर प्रधानमन्त्रीको निर्वाचन रोक्न नहुने सुझाव दिएको एमाले अध्यक्ष ओलीले दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीले च्यातिएको मतपत्र बदर गरेर मतगणना गर्न उपयुक्त हुने धारणा पनि राखेको छ । अध्यक्ष थापाले भरतपुर महानगरपालिकाको मतगणना र प्रधानमन्त्री निर्वाचन अलगअलग विषय भएकाले यसलाई जोडेर नहेर्न आग्रह गर्नुभएको बताइएको छ ।

तपाईको प्रतिक्रिया