काठमाडौं– कानून मन्त्री अजय शंकर नायकले सरकारले ‘भरतपुर काण्ड’बारे निर्वाचन आयोगले लिने निर्णय माने बताउनुभएको छ । काठमाडौंमा आज भएको कार्यक्रममा कानून मन्त्री अजयशंकर नायकले ‘भरतपुर काण्ड’बारे निर्वाचन आयोगले गर्ने निर्णय अनुसार सरकार अघि बढ्ने स्पष्ट पार्नु भएको हो ।
भरतपुर महानगरपालिकामा स्थगित मतगणनाको निर्णय लिने संवैधानिक निकाय निर्वाचन आयोग हुादाहुादै एमालेले संसद अवरुद्ध पारेर प्रतिशोधको राजनीति गरिरहेको आरोप समेत उहााले लगाउनु भयो । विहीबार काठमाडौंमा आयोजित साक्षात्कारका क्रममा कानुन मन्त्री नायकले एमालेलाई रेणु दाहाललाई हराउन सके प्रधानमन्त्री पुष्पकमल दाहाललाई हराएको हुने सपना नदेख्न पनि चेतावनी दिनु भयो । भरतपुर काण्डलाई उत्तेजित बनाएर एमालेले पराजित मानसिकता प्रर्दशन गरेको उहााको दावी छ ।