माग सम्बोधन नभए दास्रो चरणको चुनाव पनि भाग लिदैनौ : रापजा नेपाल

काठमाडौं–संविधानमा असन्तुष्टि जनाउँदै शंसोधनको माग गर्दै आएको आएको मधेश केन्द्रीत दल राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन नभएसम्म स्थानीय तहको दास्रो चरणको चुनावमा भाग नलिने बताएको छ । ६ वटा मधेशकेन्द्रति दलको एकीकरणपछि बनेको राष्ट्रिय जनता पार्टी नेपालले वर्तमान सरकारसँग भएको सहमति कार्यान्वयन नभएसम चुनाव भाग नलिने बताएको हो । राजपा नेपाललाई नै चुनावमा सहभागी गराउन भन्दै सरकारले २ पटक दास्रो चरणको स्थानीय तहको चुनावको मिति सारी सकेको छ ।

सरकारले दास्रो चरणको चुनाव अगामी जेठ ३१ गते गर्ने भनेर मिति तोकेपनि यो मिति सरेर अहिले  असार १४ मा पुगेको छ । केही दिन अघि मात्र राजपा नेपालले आफ्ना माग सम्बोधन नभएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । तर पछिल्लो समय प्रमुख दलहरूवीच भएको छलफल पछि भने राजपा नेपालले घोषित आन्दोलनका कार्यक्रमहरूलाई स्थगन गरेको छ । आफ्ना मागको थयोचित सम्बोधन नभई चुनाव भए आफूहरू पुन: आन्दोलनमा उत्रिने राजपा नेपालका नेताहरूको भनाई छ ।

वर्तमान सरकार गठनका बेला संयुक्त मधेशी लोकतान्त्रिक मधेशी मोर्चा र सत्ता साझेदार दलवीच तीनबुँदे सहमति भएको थियो । सहमति अनुसार सरकार गठन भएको एक महिनाभित्र संविधान संसोधनको प्रस्ताव संसदमा दर्ता गरी त्यसलाई अगाडि बढाइने उल्लेख गरिएको थियो । सरकारले गत मंसिरमा संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गराएको थियो । तर अहिलेसम्म यो विषयको टुङ्गो लाग्न सकेको छैन । राजपा नेपालले सीमाङकन, स्थानीय तह, भाषा, नागरिकता लगायतका विभिन्न विषयमा असहमति जनाउँदै संविधान संसोधनको माग गरिरहेको छ । ६ मेधशवादी दलहरूको पार्टी एकीकरण पछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा भने विघटन गरिएको छ ।

तपाईको प्रतिक्रिया