सहमतिय सरकार लागि गठन गर्न राष्ट्रपति द्वारा आह्वान

काठमाडौं– सहमतिय सरकार गठन गर्नको लागि दिइएको एक साताको समय सकिएपछि राष्ट्रपति विद्यादेवि भण्डारीले बहुमतिय सरकारको लागि प्रक्रिया थाल्न आग्रह गर्नु भएको छ । संविधान अनुसार सहमतीय सरकार गठनका लागि दिइएको एक साताको समयमा दलहरुबीच सहमति कायम नभएपछि बहुमतीय प्रक्रिया अघि बढाउन राष्ट्रपतिबाट आह्वान भएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले विज्ञप्ति मार्फत यसको जानकारी दिनुभएको हो । नेपालको संविधानको धारा २ सय ९८ को उपधारा ३ बमोजिम व्यवस्थापिका संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रक्रिया अघि बढाउन सकिने उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया