पोखरा लेखनाथ महानगरपालिकाको मयेरको बाजी मारी छाडे जिसिले

कास्की–पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा एमाले उम्मेद्वार मानबहादुर जिसि निर्वाचित हुनुभएको छ । जिसीले नेपाली कांग्रेसका उम्मेद्वार रामजी कुाबरलाई १४ हजार ७ मतान्तरले हराउँदै नेपालको सबैभन्दा ठूलो महानगरको मेयर रूपमा निर्वाचित हुनुभएको हो ।

मानबहादुर जिसीले ६० हजार ४ सय २३ मत ल्याउनुभयो भने  निकतम प्रतद्वन्द्वी नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत ल्याउनुभयो । उममेयरमा पनि एमालेकै मन्जुदेवि गुरुङले ५६ हजार ४ सय ४८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँकी  निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत ल्याउनुभयो ।

तपाईको प्रतिक्रिया