कांग्रेस र एमालेवीच टक्कर, माओवादीको अवस्था सुधारियो, राप्रपालाई हाता लाग्यो शून्य

काठमाडौं– स्थानीय तहको पहिलो चरणको चुनावले राजनीतिक दलहरूको जनमत स्पष्ट हुँदै गएको छ । सरसरती हेर्दा प्रमुख तीन ठूला दलको अवस्था दास्रो संविधानसभाको चुनाव जस्तै देखिएको छ । प्रारम्भीक मतगणनामा आज विहानसम्म एमालले अग्रस्थानमा देखिपनि पछिल्लो समय कांग्रेसले एमालेका भन्दा १०/१५ स्थानमा अग्रता लिएको हो ।

अपरान्ह ५ बजेसम्मको जानकारी अनुसार एमालले ११, कांग्रेसले ९ र माओवादीले ८ ठाउँको प्रमुख पदमा जित हात पारेका छन् । तर जारी मत गणनाको अग्रतामा भने नेपाली कांग्रेस देखिएको छ । अहिलेसम्म कांग्रेसले ९०, एमालेले ८० र माओवादी केन्द्रले ४५ ठाउँमा अग्रता लिएका छन् । संसदको चौथौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले भने अहिलेसम्म कुनै ठाउँमा पनि प्रमुखको पद जित्न सकेको छैन । चुनावी नतिजालाई हेर्दा माओवादी केन्द्रको जनमत सुधारिएको देखिन्छ ।

Published On:  568पटक हेरिएको

तपाईको प्रतिक्रिया