अष्ट्रेलिया र यूरोपका देश जादै हुनुहुन्छ ? रिभर सेफ्टी बारे बुझ्नुहोस नत्र ज्यान जान सक्छ

काठमाडौं– रिभर सेफ्टीको राम्रो ज्ञान नहुँदा बर्षेनी अष्ट्रेलिया र यूरोप गएका नेपालीहरूको मृत्यु हुने गरेको छ । खासगरी अष्ट्रेलिया र यूरोपका नदीमा पौडी खेल्दा नदीमा कसरी पौडिने भन्ने ज्ञान नहुँदा नदि मृत्युको कारण बनिरहेको छ । नेपालमा पौडि खेल्ने संस्कृति थोरै व्यक्तिहरूमा सिमित भएपनि अष्ट्रेलिया र यूरोपका देशमा भने पौडीलाई संस्कृतिकै रूपमा अगाडि बढाइएको पाइन्छ ।

खासगरी अष्ट्रेलिया र यूरोपका देशमा गएका नेपालीहरूले नदीमा एक्लै पौडी खेल्न खोज्दा, मादप पदार्थ सेवनगरी पौडी खेल्दा, पौडीको जीवन सुरक्षा सम्बन्धी ज्ञान नहुँदा नदीमा डुबेर मृत्यु वरण गर्नु परेका घटना बेला बेलामा बाहिर आइरहेका छन् । सन् २०१५ मा अष्ट्रेलियामा डुबेर तीन जनाको नेपालीको ज्यान गयो ।

अष्ट्रेलियामा बर्षेनी नेपाल भारत चीन लगायतका देशबाट विद्यार्थी र आप्रवासीको रूपमा जानेको संख्या ठूलो छ । नदीमा पानीको अवस्था कुनै पनि बेला परिवर्तन हुन सक्छ, पानीको अवस्था परिवर्तन हुने बारे थाहा नहुँदा नदी मृत्युको कारण बन्न सक्छ ।  पौडी सम्बन्धी ज्ञान नहुँदा नदी, ताल, डाम, सिचाईका लागि बनाइएका पानी भण्डारण जस्ता ठाउँहरूमा बर्षेनी मानिसहरू ज्यान जाने गरेको छ ।

तपाईको प्रतिक्रिया