समाज सेवाबाट सबैको मन जितेका बासु केसी काठमाडौं वडा नम्बर १४ मा वडा अध्यक्ष पदका प्रत्यासी

काठमाडौं–समाजसेवी बासु केसी समाज सेवाको अनवरत यात्रा हुँदै राजनीतिमा पनि होमिनुभएको छ । विगत लामो समयदेखि समाजसेवामा क्रियाशिल हुँदै आउनुभएका भएका केसी राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाडौं वडा नम्बर १४ को वडा अध्यक्षको रूपबाट चुनावी मैदान उत्रिनुभएको हो । विक्रम सम्वत २०१४ साल जेठ २३ गते काठमाडौंको कलङ्कीमा जन्मिनुभएका केसी लामो समयदेखि व्यपार व्यवसायमा क्रियाशिल हुनुहन्छ । आफ्नो ठाउँको विकासलाई नै पहिलो कुरा ठान्ने केसीले व्यपारसँगसँगै समाजसेवामा लागेर थुप्रै काम गरिसक्नुभएको छ । २०३१ सालमा एसएसली पास भई थापाथली इन्जिनियरिङ क्याम्पस भर्ना भएका केसीले तकालीन समयमा पढ्दा पढ्दै व्यापारतिर लागेपछि पढाईलाई अगाडि बढाउन सक्नु भएन । अंग्रेजी, जर्मनी, हिन्दी, बंगाली, नेवारी भाषा स्पष्ट बोल्न सक्ने थापा दृढ आत्म विश्वास भएको व्यक्ति पनि हुनुहुन्छ ।

केसीले  विं सं ०३२ सालमा भारतको कलकत्ताबाट उधोग व्यापार सम्बन्धी तालिम लिएर नेपाल फर्किएपछि  विभिन्न व्यवसाय सञ्चालन गर्नुभयो । केसीले २०३५ सालमा नेपालकै पहिलो गार्मेन्ट उद्योग संचालनमा ल्याई  तयारी पोशाक, गलैचा र चाँदीका गहना यूरोप, अमेरिका लगायतका देशमा निर्यात गर्ने काम गर्नुभएको थियो । उहाँका अनुसार त्यो समयमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरि ५ सय व्यक्तिले रोजगारी पनि पाएका थिए । २०६३ सालमा राज्यका कारण उद्योग बन्द भएको दाबी गर्ने केसी आफू राज्य पीडित भएको र प्रत्यक्ष रूपमा आफूले सिर्जना गरेको रोजगारको अवसर पनि राज्यले खोसेको बताउनुहुन्छ । कलंकीमा रूद्र बजार र शहीद मेमोरियल अस्पताललाई भवन उपलब्ध गराएका केसीले अस्पतालमा लगानी समेत गर्नुभएको छ ।

अहिले वार्षिक करिब १२ लाख आयकर नेपाल सरकारलाइ बुझाउँदै आएको उहाँको दाबी छ । फर्पिङमा बृद्धबृद्धा हेरचाह केन्द्र स्थापना गर्ने योजनामा रहनुभएका केसी निरन्तर वडावासी र देशको सेवामा लाग्ने बताउनुहुन्छ । २०३५ साल देखि २०६६ सालसम्म धेरै पटक अमेरिका, यूरोप र एसियाका विभिन्न राष्ट्रको भ्रमण उहाँले गर्नुभएको छ । यो देखाइ र अनुभवका आधारमा वडा नम्बर १४ लाई स्मार्ट वडा बनाउने योजना उहाँको छ ।

२०५१ सालको बाढि पहिरोका लागि प्रधानमन्त्री कोषमा १ लाख दिनुभएका केसीले जर्मनी देखि सहयोग संकलन गरेर धादिङ र मकवानपुरका पीडितलाई नगद, तथा लता कपडा वितरण गर्नुएभएको थियो । यो समयमा पनि उहाँको सहकार्य काठमाडौं १४ नं वडासँग थियो । २०५९ को बाढी पहिरोमा पनि कान्तिपुर दैवी प्रकोप कोषमा १ लाख ११ हजार जम्मा गरेर उद्योगी व्यवसायीको साथमा मकवानपुर र चितवन पुग्नुभएका उहाँले हजारौं पीडितलाई सहयोगी हात दिएको दाबि गर्नुहुन्छ ।
वडा अध्यक्षका प्रत्यासी केसीले २०७२ सालको भूकम्पमा किर्तिपुर लगायत काठमाडौंका पीडित बसेको क्याम्पसम्म पुगेर सहयोग गरेको बताउहुन्छ । उहाँले सयौं सडक बालबालिका, असहाय, दिन दु:खीलाई साहारा दिनुभएको छ । जुन कर्म अझै जारी छ । थुप्रै मठ मन्दिर, विद्यालय, बालगृह र बृद्धाश्रम निर्माणमा केसीको योगदान छ ।  समाज सेवाको यो क्रम जारी रहने प्रतिबद्धता पनि केसीको छ । केसीकै सहयोग पहलमा देशका विभिन्न भागमा आश्रम र सत्संग भवन निर्माण भएका छन् । सयौं अपांगता भएका र विपन्नहरुको साहारा बनिरहेका छन, केसी ।

काठमाडौं १४ वडामा केसीको प्रतिबद्धता
म अवसर र केही लिने उद्देश्यले निर्वाचन अभियानमा होमिएको होइन । निस्वार्थ समाज सेवामा सक्रिय भएर लागेका कारण नै अहिले मलाई राप्रपाले काठमाडौं महानगरपालिका वडा नम्बर १४ को वडा अध्यक्षको उम्मेद्वार बनाएको छ । मेरो जीत यो वडावासीको जीत हुनेछ, किनकी म सधै १४ नम्बरको सेवक बन्नेछु । यो मेरो प्रतिबद्धता हो ।
भूकम्पबाट भत्किएका घरको पुननिर्माण र राहत रकम दिलाउनेमा म पहिलो दिनबाटै काम गर्नेछु । घर पुनर्निर्माण गर्दा लाग्ने नक्सापास खर्च मिनाह गर्न पहल गर्नेछु ।
खाल्डा खुल्डी सडकलाई सुधार गर्दै धुलो रहित बनाउने र ६ महिनाभित्र वडाभरको सडक पीच गर्ने बचन बद्धता मेरो छ । सडकको स्तर उन्नती गरेर क्षमता अनुसार अत्यावश्क बाहेकका ठूला बस, टिपर आवत जावतमा रोक लगाउन म पहल थाल्छु । सफा वडा, व्यवस्थित वडा र छिटो छरितो जनमैत्री सेवा वडाबाट प्रवाह हुनेछ ।
वडा नं १४ मा मेलम्चीको पानी आउन समय लाग्ने भएकाले पानी अभाव भएको टोलको १५ दिनभित्र लागत संकलन गरी ६ महिना भित्र पानी वितरण गरिनेछ । ढल निकास व्यवस्थापन गरिनेछ । १४ नं. वडामा सहज सेवा पुर्‍याउन ४ ठाउँमा अस्थायी अफिस राखेर लगत लिने काम गरिने छ । घर, परिवारको संख्या, सुकुम्वासिको संख्या, अल्पसंख्यक जाती, धर्म, अति बिपन्न परिवार, जेष्ठ नागरिक, बालबालिका, एकल महिलाको साथै अपांगता भएका नागरिकको लगत संकलन गरि वडा कार्यलयमा रेकर्ड राखिनेछ । टोलका समस्या, सामाजिक काम, विकास निर्माणका काम सबैको राय सुझाबका आधारमा अघि बढाइनेछ । मठ मन्दिरको मर्मत संरक्षण, पुजारी र पूजा समाग्रीको व्यवस्थापनका लागि यथोचित ध्यान दिइनेछ ।  जीर्णोधर, सरसफाइ गर्नुको साथै मन्दिरमा पूजाको लागि चाहिने कुराको व्यवस्था गर्नेछु । जवर्जस्ति धर्म परिवर्तन गराउन रोक लगाइएपनि सबै धर्मका धार्मिक स्थलको संरक्षण गरिनेछ ।


१४ नं मा रहेका पुस्तकालय, क्लबहरु, खेलकूद गतिविधिका लागि सञ्चालन खर्च वडाले व्यवस्थापन गर्नेछ । वडा क्षेत्रका खाली जग्गाको खोजी गरि पार्कको विकास विस्तार गरिनेछ । कर्मचारी नियुक्ति गर्दा वडाका युवा युवतीलाई नै राखिनेछ ।

शिक्षा सबैभन्दा अपरिहार्य भएकाले सरकारी र नीजि क्षेत्रले प्रदान गर्ने शिक्षालाई एउटै स्तरको बनाउनु आवश्यक छ । वडाका सबै विद्यार्थीले न्यून शुल्कमा गुणस्तरिय शिक्षा पाउने छन् । शिक्षासँगै विभिन्न सामाजिक गतिविधिमा विद्यार्थी सहभागिता बढाइनेछ । सरकारी विद्यालयको संरक्षण र विस्तारका साथै विपन्न वडाबासीका लागि निशुल्क शिक्षा, र मध्यम परिवारका लागि समेत छात्रबृत्तिको व्यवस्था गरिनेछ ।  वडाबासी कोही पनि उपचार अभावमा पर्नुपर्ने अवस्था आउने छैन । वडामा अस्पतालको विस्तारका साथै टोलटोलमा उपचार सेवा पुर्‍याइने छ ।

वडामा रहेका शिक्षित युवालाई अधिकतम मात्रामा रोजगार दिइनेछ । बेरोजगार युवालाई सीपमूलक तालिम सहित रोजगारिको सुनिश्चतता गरिनेछ । कोहि पनि अक्षिशित र कोही पनि बेरोजगार बस्न नपरोस भन्ने मूल्य मान्यतालाई आत्मसाथ गरेर शिक्षित र सबै रोजगार भएको नमूना वडाका रूपमा यो वडालाई परिचित गरिनेछ ।

यी प्रतिबद्धता बोल्नका लागि भन्दा गर्नका लागि हुन । मेरो सेवा भावलाई अझ उचो बनाउँदै आफ्नो वडा बनाउने अभियानमा आम मतदाताको मत पाउँने आशा लिएको छु ।

तपाईको प्रतिक्रिया