काठमाडौंमा पार्किङ छैनन् तर कारवाही गर्न छोड्दैन महानगरपालिका

काठमाडौं– काठमाडौंमा ब्यवस्थित पार्किङ नहुदा हरेक दिन आम मानिसले अनेकौं हण्डर र ठक्कर खानु परिरहेको छ । पार्किङ ब्यवस्थापनको जिम्मेवारी पाएको काठमाण्डौं महानगरपालिका पार्किङ ब्यवस्थापन भइरहेको बताउछ तर उसलाइ नै कति स्थानमा पार्किङ छ भन्ने सामान्य जानकारी समेत छैन । महाबौद्ध मात्र होइन, न्यूरोडको हालत पनि उस्तै छ ।

काठमाडौं महानगरपालिकाले पार्किङको लागि केही निश्चित स्थान छुट्याए पनि त्यसको उचित व्यवस्थापन हुन सकेको छैन । त्यसैको परिणाम काम विशेषले यी क्षेत्रमा पुग्नेहरु समस्यमा परेका छन् । महाबौद्ध र न्यूरोडमा देखिएको यी दृश्य त प्रतिनिधिमुलक उदाहारण मात्र पार्किङ अभाव र अब्यवस्थाका । काठमाडौंको व्यस्त मानिने स्थान सुनधारा, दरवारमार्ग, नयाँवानेश्वर, पुतलिसडक लगायतको हालत पनि उतिकै नाजुक छ । यी स्थानमा पनि कहा सवारी पार्किङ गर्ने र कहाबाट यात्रु हिडने भन्ने कुराको कुनै टुगो छैन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुुसार, राजधानीमा मात्र दैनिक ६ लाख भन्दा बढी सवारी साधन कुद्ने गर्छन् । तर, पार्किङको उचित व्यवस्थापन हुन नसक्दा यात्रुहरु भने मारमा परेका छन् । किन व्यवस्थापन हुन सकेन त पार्किङ समस्या ? व्यवस्थापनको जिम्मेवारी पाएको निकाय काठमाडौं महानगरपालिका भने पार्किङ व्यवस्थित बनाउन विभिन्न योजना ल्याएको दाबी गर्छ । अनौठो के छ भने पार्किङको अनेक योजना बनाएको र केही योजना कार्यान्वयन तहमा रहेको बताइरहेको काठमाडौं महानगरपालीकासंग काठमाडौंका कति स्थानमा पार्किङ छ भन्ने यकिन तथ्याङ् समेत छैन । यसलाई हेर्दा उसले बनाएको योजना झारा टार्ने खालको र केवल कागजमा सिमित भएको स्पष्ट हुन्छ ।

त्यसैको परिणाम आम मानिसले हरेक दिन वेहोर्नु परिरहेको छ । काठमाडौं पार्किङ अभाव भइरहँदा महानरपलिकाले भने सर्वसाधारणका सवारी उठाउँदै कारवाही गर्दै गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया